alliance khabar

बिहिबार, कार्तिक १२, २०८३

भोजपुर, कात्तिक  १२  गते ।

आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो ।

पछिल्लो समय आधुनिक भाँडाकुँडाको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै भएको हो । पहिले गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने चलन थियो । विशेषगरी पशुपालन गर्ने परिवारमा दूध तथा दुग्धजन्य पदार्थ राख्न काठका ठेकी, हर्पे र दुदेरा उपलब्ध हुन्थे । ती सामग्री घरायसी प्रयोजनका साधन मात्र नभई गाउँघरको परम्परागत जीवनशैली र मौलिक सीपका उदाहरण थिए । अहिले यी सामग्री बनाउने सँगै प्रयोग गर्ने चलन हराउँदै भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्ट काठका परम्परागत सामग्री बनाउने चलन पछिल्लो समय घट्दै गएको बताउनुहुन्छ । बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका सामग्रीको प्रयोग कम भएको उहाँको भनाइ छ । प्रयोग घटेसँगै यस्ता सामग्री बनाउने सीप र त्यसमा आधारित परम्परा पनि लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

समयसँगै मानिसको जीवनशैली, घरायसी आवश्यकता र बजारको पहुँचमा आएको परिवर्तनले काठका सामग्रीको प्रयोगमा प्रभाव पारेको स्थानीय पदमबहादुर बस्नेतले जानकारी दिनुभयो ।  पहिले स्थानीय स्रोतसाधनबाट निर्माण गरिने यस्ता सामग्री अहिले बजारमा उपलब्ध विकल्पबाट प्रतिस्थापित हुँदै गएको उहाँको भनाइ छ । यसले दैनिक जीवनलाई सहज बनाए पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपको निरन्तरतामा चुनौती थपेको छ ।

काठका सामग्री निर्माण गर्न काठको छनौट र त्यसलाई आवश्यक उपयुक्त आकार दिन सीप आवश्यक पर्छ । यस्ता सीप अभ्यास र अनुभवबाट पुस्तान्तरण हुँदै आएका हुन् । नयाँ पुस्ताको आकर्षण अन्य पेसा तथा आधुनिक जीवनशैलीतर्फ बढ्दै जाँदा परम्परागत सामग्री निर्माणमा संलग्न हुने क्रम घट्दै गएको छ ।

स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र गाउँघरको मौलिक पहिचानसँग जोडिएका काठका सामग्रीको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ । परम्परागत सामग्रीको प्रयोग र निर्माणलाई प्रोत्साहन गर्न सके स्थानीय सीपको संरक्षणसँगै पुरानो जीवनशैली र सांस्कृतिक पहिचानलाई जोगाउन सकिने स्थानीय जानकारको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ