alliance khabar

बिहिबार, आश्विन २२, २०८३

काठमाडौँ, असोज २२ गते ।

मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्ट (एफडब्लुसिएमएस) सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको छ । मलेसियाको बेस्टिनेटले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यसअघि नै एफडब्लुसिएमएस मा सूचीकृत नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पिआरए) र २५० वटा एसोसियट रिक्रुटमेन्ट एजेन्सी (एआरए) ले मात्रै नोभेम्बर ५ तारिख वा कात्तिक १९ गतेदेखि नेपालबाट मलेसियामा श्रमिक पठाउन सक्ने छन् ।

बेस्टिनेटले ६ अक्टोबर अर्थात् असोज २० गते जारी गरेको मेमो अनुसार नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान प्रणालीबाट हुँदै आएको श्रमिकको बायोमेडिकल दर्ता र यसअघि मेडिकल गरेर कलिङ भिसा आइसकेका (भिडिआर) प्रक्रियाका लागि विभिन्न कटअफ मिति तोकिएको छ । मलेसिया सरकारसँग आबद्ध वैदेशिक श्रमिकको प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन. भिएचडीले नेपालका लागि विद्यमान भर्ती व्यवस्थाबाट पिआरए र (एआरए) प्रणालीमा जाने जानकारी दिएको छ ।

पहिलोको व्यवस्था अन्तर्गत नेपाली श्रमिकको बायोमेडिकल दर्ताका लागि १५ अक्टोबर २०२६ अन्तिम मिति तोकिएको छ । उक्त मितिसम्म श्रमिकको बायोमेडिकल विवरण एफडब्लुसिएमएसमा दर्ता भएर रेकर्ड कायम भइसकेको हुनुपर्ने मेमोमा उल्लेख छ । मेडिकल सेन्टरले त्यसअघि नै पहिचान तथा बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनर्परीक्षण, मेडिकल समीक्षा वा रेकर्ड सच्याउन बाँकी मुद्दा टुङ्ग्याउनुपर्ने छ ।

मलेसियाले नेपालका लागि अहिले कायम रहेका श्रमिक पठाउने व्यवस्थाबाट पिआरए र एआरए प्रणालीमा लैजाने तयारी गरेको जनाएको छ । पिआरएमा २५ म्यानपावर एजेन्सी छन् भने एआरएमा २५० वटा रहेको मेमोमा उल्लेख छ । नयाँ व्यवस्था अनुसार भर्ती प्रक्रियामा संलग्न एजेन्सीको भूमिका र प्रणालीगत प्रक्रिया परिवर्तन हुने छन् ।

बेस्टिनेटले आफूले मलेसिया सरकारका लागि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्लुसिएमएस सञ्चालन, प्राविधिक सहयोग र मर्मतसम्भार गर्दै आएको जनाएको छ तर रिक्रुटमेन्ट एजेन्सीको स्वीकृति वा मान्यता दिने तथा पिआरए आवेदनमा निर्णय गर्ने अधिकार सम्बन्धित सरकारी निकायमै रहने स्पष्ट पारेको छ । साथै नयाँ व्यवस्थामा अहिले भइरहेको मेडिकल सेवा तत्काल बन्द हुने वा पुराना सबै श्रमिकका रेकर्ड तथा मेडिकल नतिजा स्वतः रद्द हुने नभएको पनि बेस्टिनेटले प्रस्ट पारेको छ ।

मेमोमा मेडिकल सेन्टरहरूलाई सङ्क्रमणका क्रममा पुराना श्रमिकका तथ्याङ्क सुरक्षित राख्न र नयाँ प्रणालीमा सङ्क्रमण हुँदै छ भन्ने कारणले मात्रै दोहोरो दर्ता वा पुनः मेडिकल परीक्षण नगराउन उल्लेख छ । यसबिचमा मलेसिया सरकार र नेपाल सरकारबिच उच्चस्तरीय संवादका साथै कूटनीतिक नोट आदानप्रदान भइरहेको थियो ।

नेपालले २५ र २५० म्यानपावरबाट मात्र श्रमिक लैजाने मलेसियाको निर्णयमा असहमति जनाउँदै ती म्यानपावरको मलेसियाको पूर्वश्रमस्वीकृति रोक्का गरेर उनीहरूको विगतको अवस्था अध्ययन सुरु गरेको जनाएको छ तर मलेसियाले विदेशी श्रमिक व्यवस्थापनसम्बन्धी आफ्नो नयाँ मापदण्ड लागु गर्ने गरी अघि बढेपछि अब दुवै देशको संयुक्त समिति बैठक बसेर प्रक्रियाको गाँठो फुकाउनुपर्ने भएको छ ।  नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियाबाट आएको मेमो निजी स्तरबाट भएकाले त्यसको कार्यान्वयन नहुने तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ