alliance khabar

बिहिबार, आश्विन ०१, २०८३

पञ्चकोशी (दैलेख), असोज १ गते ।

नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ ।

हृदयाघात भएपछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएका शाहीको बुधबार राति १० बजे उपचारकै क्रममा निधन भएको उहाँका छोरा गणेशकुमार शाहीले बताउनुभयो । चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ निवासी शाही ८० वर्षकाे  हुनुहुन्थ्यो ।

शाहीले नेपाली कांग्रेस दैलेखको सभापति, जिल्ला विकास समिति दैलेखको सभापति तथा कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँको निधनप्रति नेपाली कांग्रेससहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । शाहीको निधनले दैलेखको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ