alliance khabar

मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ, भदौ ३० गते ।

नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन २४ गते इटाली पुगेको उक्त जहाज भदौ १५ गते नेपाल फर्किने तालिका थियो तर सी–चेकका क्रममा जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि आवश्यक पार्ट फेर्नुपर्ने अवस्था आएको र उक्त पार्ट तत्काल इटालीमा उपलब्ध नभएपछि जहाजको मर्मत अवधि लम्बिएको हो ।

विस्तृत परीक्षणका क्रममा अतिरिक्त खराबी भेटिने गरे पनि समस्या पहिचान भएपछि आवश्यक पार्ट तत्काल उपलब्ध गराउन नसक्दा जहाजको ग्राउन्डिङ अवधि लम्बिएको उहाँको भनाइ छ ।

इटालीको एसपी एटिटेक कम्पनीमा सी–चेक गराउन उक्त जहाज व्यावसायिक उडानमार्फत २० दिनमा फर्किने गरी दुबई हुँदै इटाली पुगेको हो । निगमले यसअघि पनि यही कम्पनीमा वाइडबडी जहाजको मर्मत गराएको थियो ।

सी–चेकका क्रममा जहाजको संरचना, दुई वटै इन्जिन, ल्यान्डिङ गियर, हाइड्रोलिक, एभियो निक्सलगायत प्रणालीको परीक्षण गर्दा उक्त समस्या फेला परेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ