alliance khabar

शनिबार, भाद्र २७, २०८३

लेखनाथ, भदौ २७ गते।

पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ । भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएका जग्गाको छानबिन गर्न बसपार्क खाली गराउने अभियान केही समय रोकिएको थियो ।

भोटेकोसीमा आएको बाढीपछि उद्धार तथा राहतका काममा प्राथमिकता दिनुपरेकाले अभियान केही दिन रोकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले आइतबारदेखि बाँकी निर्णय प्रक्रिया पुनः अगाडि बढ्ने जानकारी दिनुभयो ।

नयाँ बस्ती व्यवस्थापन तथा सुकुमबासी समस्या समाधानका लागि गठित जिल्ला समितिको निर्णय प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ । मनसुन क्रमशः कमजोर हुँदै गएकाले बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी कामसमेत अघि बढाइने प्रमुख आचार्यले बताउनुभयो ।

महानगरपालिकाले गरेको छानबिनको अन्तिम प्रतिवेदनअनुसार बसपार्क क्षेत्रमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । महानगर कार्यपालिकाको बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरणसमेत प्रमाणीकरण गरिसकेको छ ।

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको सङ्गमस्थल पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । हाल बसपार्कको जग्गामा पाँच वटा सुकुमबासी टोल, सरकारी विद्यालय तथा अन्य व्यक्तिका घरसमेत रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ