alliance khabar

सोमबार, जेठ ११, २०८३

बनेपा, जेठ ११ गते  ।

काभ्रेपलाञ्चोकको रोसी तथा अन्य नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने क्षति कम गर्न जिल्लाका विभिन्न स्थानमा मौसम मापन केन्द्र र बाढी मापन केन्द्र थप गरिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जिल्लामा तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्ने भएको छ । जिल्लामा वर्षापछि आउने बाढी र जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नागरिकलाई मौसमका बारेमा जानकारी दिन सकिने कामका बारेमा विभाग र विपत्सँग काम गर्ने निकायसँग छलफलसमेत गरिएको छ ।

विभागका मौसमविद् विनोद पराजुलीले काभ्रेपलाञ्चोकका नागरिकलाई मौसम र बाढीका बारेमा जानकारी दिन यसअघि नै जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन वटा स्थानमा बाढी मापन उपकरण जडान गरिएको बताउनुभयो । उहाँले जिल्लाको धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको जानकारी दिनुभयो ।

यस्तै जिल्लाको दोलालघाटस्थित सुनकोशी नदी, पचुवारघाटस्थित सुनकोशी नदी र पनौती बजारनजिकै बाढी मापन उपकरण जडान गरिएको बताउनुभयो । “हामीले जिल्लाको रोसी गाउँपालिका–२, फलामेसाँघुमा मौसम मापन उपकरण र पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना अर्थात् खोपासीभन्दा केही किमी तल, रोसीखोला पुल र रोसी र सुनकोशीको सङ्गम स्थलभन्दा केही किलोमिटरमाथि (नेपालथोक) नजिकैको पुलमा बाढी मापन उपकरण थप्ने प्रव्रिmया अघि बढाएका छौँ,” मौसमविद् पराजुलीले भन्नुभयो ।

“जिल्लामा जडान गरिएका सात वटा मौसम मापन उपकरण, तीन वटा बाढी मापन उपकरणबाट जिल्लाको दक्षिणी भेगको मौसम र बाढी मापन गर्न सक्ने अवस्था छैन । रोसीखोलाको बाढी सुनकोशीसम्म पुग्दा पनौतीबाट जाने बाढी मात्रै नभई बिचबिचमा मिसिने अन्य खोलाखोल्सीले पनि असरको मापन गर्ने उपकरण र अवस्था नभएकाले थप उपकरण राख्ने प्रस्ताव गरिएको हो,” मौसमविद् पराजुलीले थप्नुभयो ।

उहाँले पछिल्लो समय पनौतीको गोरखनाथ मन्दिरछेउमा परीक्षणका लागि फ्लड लाइट (बाढीको जानकारी दिने बत्ती) समेत जडान गरिएको बताउनुभयो । “पनौतीमा हाल परीक्षणका लागि राखिएको फ्लड लाइटमा बाढीले खतराको तह पार गर्दा स्वचालित रूपमा बत्ती बल्छ । पनौती क्षेत्रका नागरिक बाढीबाट प्रभावित बन्ने भएकाले सबैले देख्ने गरी बाढी आएको सूचना घरमा बसेर हेर्न सक्ने छन् । पहँेलो बत्तीले सतर्कताको र रातो बत्तीले खतराको तहमा पुगेको सङ्केत गर्दछ,” मौसमविद् पराजुलीले भन्नुभयो ।

उहाँले जिल्लामा थप जडान गरिने तीन वटा बाढी मापन उपकरण र मौसम मापन उपकरणबाट तत्कालका लागि रोसीखोला र बिपी राजमार्गसँग जोडिएको जोखिम व्यवस्थापनमा पूर्वसूचना दिएर काम गर्न सकिने बताउनुभयो । उहाँले थप गरिने बाढी मापन उपकरणबाट बाढीबाट हुने क्षति कम गर्न तथा रोसीखोलाको हिउँद र वर्षाका समयको पानीको बहाबका बारेमा जानकारी दिन सहयोग गर्ने भएकाले भविष्यमा अघि बढाइने सिँचाइ योजनाको काम गर्न मद्दत गर्ने बताउनुभयो ।

अडियो सन्देश पठाउने तयारी 

मौसमविद् पराजुलीले विपत्को पूर्वसूचना दिने र त्यसको प्रचारप्रसार गर्न स्थानीय सरकार, जिल्ला र सुरक्षा निकायको समेत उत्तिकै दायित्व रहने बताउनुभयो ।

उहाँले विपत्को पूर्वसूचनाका लागि सबै निकायबिच समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले मनसुन सुरु हुनु एक÷दुई हप्ताको बिचमा जिल्लाका जनप्रतिनिधि, विपत्मा काम गर्ने, रेडव्रmसकर्मी, शिक्षक, पूर्वसूचना पाएपछि समुदायसम्म पु¥याउन सक्ने व्यक्तिलाई आइभिआर (इन्ट्र्याक्टिभ भ्वाइस रेस्पोन्स) प्रणालीमा जोड्न सकिने बताउनुभयो । “यो प्रणाली अन्तर्गत समाजमा सूचना प्रवाह गर्न सक्ने व्यक्तिको मोबाइलमा एसएमएस नपठाई फोन गरेर एक मिनेटजतिको सचेतनामूलक सन्देश पठाइने छ,” मौसमविद् पराजुलीले भन्नुभयो ।

उहाँले रोसीखोलामा पानी परेपछि फ्लस फ्लड (आकस्मिक बाढी) आउने भएकाले एसएमएस पठाउँदा नागरिकले थाहा नपाउने, मोबाइलमा आएको म्यासेज नहेर्ने अवस्था आउन सक्ने भएकाले फोन गर्नु प्रभावकारी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल