alliance khabar

बिहिबार, चैत्र ०५, २०८२

चितवन, चैत ५ गते  ।

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ ।  बर्सातमा पहिरो गएर ५६ घण्टासम्म सडक अवरुद्ध भएपछि स्थायी रोकथामका लागि सडकदेखि संसद्सम्म दबाब बढेको थियो । सडक विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सडकखण्डको ४३ स्थानमा पहिरो रोकथामका लागि काम गर्नुपर्ने प्रतिवेदन निकायले डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै स्थानमा पहिरो जाने जोखिम छ, त्यसैले प्रमुख स्थानमा जोखिमको अनुमान गरेर अध्ययन गरेका थियौँ । यसै वर्ष ठेक्का खुलाएर निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।”

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले आठ ठाउँ उच्च जोखिम, २२ ठाउँ जोखिम र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेको जानकारी दिनुभयो । यस वर्षबाट ठेक्का सम्झौता सुरु हुने बताउँदै इन्जिनियर घिमिरेले प्राथमिकताका आधारमा पहिरो रोकथामको काम अगाडि बढ्ने बताउनुभयो । “४३ स्थानमध्ये अहिले ४० ठाउँका लागि ठेक्का सम्झौता हुने छ,” उहाँले भन्नुभयो, “तुइनखोला, नाम्सी र कालीखोलाको पछि ठेक्का लाग्ने छ ।”

कार्यालयका अनुसार चार किलोको मौरीखोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका छन् । यस स्थानमा पछि यसै वर्षबाट रोकथामको कार्य सुरु हुने उहाँले जानकारी दिनुभयो । “तुइन र चिसेन्जीको बिचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सीखोलाछेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या छ ।” इन्जिनियर घिमिरेले भन्नुभयो, “मौरीखोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ । यहाँ विगतका वर्षमा पहिरो गएर घन्टाँै अवरुद्ध भएको थियो ।” १६ किलो, १७ किलो, डुम्रेखोला, सिमल ताललगायत ठाउँमा रोमथामको उपाय अपनाइने उहाँले बताउनुभयो ।

कार्यालयका अनुसार पहिरो रोकथामका लागि विपत्मार्फत विनियोजित २५ करोड र कार्यालयसँग भएको १८ करोड रुपियाँबाट निर्माण अगाडि बढाइने कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । बोलपत्र आह्वानका लागि तयारी गरिएको छ । नक्साङ्कनसमेत सकिएकाले केही दिनभित्रमा बोलपत्र आह्वान गरी बर्सातअगाडि नै काम सुरु गर्ने इन्जिनियर घिमिरेले बताउनुभयो ।

केही वर्षअगाडि सडक विस्तारका व्रmममा भित्ता काटिएको थियो । भित्ता काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा लेदोसहित पहिरो खस्दै आएको छ । २० महिनाअगाडि मात्रै सिमल तालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस बगाएको थियो । दुईमध्ये एउटा बस दुई महिनाअगाडि फेला परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल