alliance khabar

मंगलबार, माघ २०, २०८२

काठमाडौँ, माघ २० गते ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता नतिजामूलक हुनुपर्नेमा जोड दिनुभएको छ । सातदोबाटोको ओलम्पिक भवनमा आयोजित ‘जापानको आइची र नागोयामा हुने एसियाली खेलकुदको प्रचारमा खेलकुद पत्रकारको भूमिका’ बारे आयोजित अन्तर्क्रियामा एनओसी अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको आयोजनाका लागि धेरै समय बाँकी नरहेको हुनाले यसको तयारी अझ व्यापक र व्यवस्थित ढङ्गले हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली टिमको तयारीका लागि अब धेरै समय बाँकी छैन । यस तयारीमा एनओसी सबै प्रकारले सहयोग गर्न तयार छ । हामीले एसियाली खेलकुदमा सहभागी हुने केही खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरेका छौँ ।”

अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचारप्रसारका लागि खेल पत्रकारको ठुलो भूमिका रहने बताउनुभयो । “पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जानकारीका लागि सूचना आदानप्रदानका लागि विशेष व्यवस्था हुने छ र पत्रकारका तर्फबाट रचनात्मक सहयोगको अपेक्षा रहेको छ,” उहाँले भन्नुभयो ।

यसै गरी एनओसीका महासचिव राजीव श्रेष्ठले एसियाली खेलकुद राष्ट्रको पहिचान, खेलाडीको सपना र देशको गौरवसँग जोडिएको खेलकुद मेला हो भन्नुभयो । उहाँले सो एसियाली खेलकुदमा खेलाडीको मनोबल बढाएर पदक ल्याउन प्रेरित गर्न मिडियाको भूमिका पनि महत्वपूर्ण हुने भएकाले यो अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

सो अवसरमा पत्रकारले एसियाली खेलकुदको तयारीलाई लिएर सुझाव दिएका थिए । आगामी एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल