alliance khabar

शुक्रबार, माघ ०२, २०८२

खलङ्गा (दार्चुला), माघ २ गते ।

नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

यहाँका जनप्रतिनिधि र स्थानीयले ओलीको भक्तपुर निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । दार्चुला–चीन (तिब्बत) सिमानामा अवस्थित तिङ्कर नाका कोभिड महामारीको समयदेखि अनियमित भएको छ । कहिले सञ्चालन हुने कहिले नहुने अवस्था छ । त्यसलाई स्थायी रूपमा सञ्चालन गर्नका लागि पहल गर्न पूर्वप्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । परापूर्वकालदेखि नै दार्चुलावासीको व्यापारमार्गका रूपमा यो नाका हाल सुचारु नहुँदा दैनिक व्यवहार गर्न पनि असहज भइरहेको भन्दै नियमित सञ्चालनका लागि पहल गरिदिन निवेदन बुझाएका हुन् ।

व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराका अनुसार स्थानीय समुदाय र व्यापारिक गतिविधिका लागि नाकाको नियमित सञ्चालनले व्यापार, श्रम, सांस्कृतिक आदानप्रदान र सामाजिक समृद्धिमा विशेष योगदान पु-याउने विश्वास गरिएको छ । निवेदनमा सुरक्षा र दुईपक्षीय सहमतिको पूर्णतालाई ध्यान दिँदै तिङ्कर नाकालाई साबिक झैँ सहज रूपमा खुला गर्न चीनसँग समन्वय गरिदिन भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल