alliance khabar

सोमबार, कार्तिक २४, २०८२

काठमाडौँ, कात्तिक २४ गते ।

नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ ।

उक्त अवसरमा बोल्दै उहाँले सार्वजनिक योजनाले विद्यार्थीलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट पहुँच प्रदान गरी डिजिटल शिक्षामा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक रूपले सक्षम नभएका विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यसहित सार्वजनिक भएको यस योजना अन्तर्गत विद्यार्थीले करसहित चार हजार ९९९ रुपियाँमा ३० एमबिपिएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्ने छन् । साथै एक थान डुअल ब्यान्ड सिपिई र सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।

विसं २०८२ माघ २२ गतेसम्म लागु हुने यस योजनामा आबद्ध हुन विद्यार्थीले १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टल वा नजिकको टेलिकम कार्यालयमा आवेदन दिन सक्ने टेलिकमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ