alliance khabar

बिहिबार, भाद्र १२, २०८२

डडेल्धुरा, भदौ १२ गते ।

डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय शुरेस साउद, २३ वर्षीय शुरेस पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यसैगरि घाईते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय शुसिला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्र बहादुर साउद, ३५ वर्षीय राम बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र वर्ष ४ की प्रतिका पार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ईन्सपेक्टर डम्बर विष्टका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जिप दुर्घटना भएको थियो । ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउँदै गरेको जिप कच्चि सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल