alliance khabar

शनिबार, साउन १०, २०८२

म्याग्दी, साउन १० गते । 

 म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ हजार रुपियाँको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । २०८० असोज २६ गते सम्झौता गरेको बि.एम.के. कोण्डा जेभीले समयमै पुल निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । पुलमा दुईतर्फ पहुँचमार्ग र दायाबायाँ फुटपाथ निर्माण गरिएको छ ।

मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि दरवाङ– अदिभारा– डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडकमा बर्खायाममा पनि सिधा यातायात सञ्चालन गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘विगतमा खोलामा पुल नहुँदा बर्खायाममा सिधा सवारी सञ्चालन पूर्णरुपमा बन्द नै हुने गरेको थियो । पुल बनेपछि भने अब बाह्रै महिना सवारीसाधन सञ्चालनमा सहज हुने भएको छ ।’’

म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले वि.स. २०८० जेठमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा बजेटको स्रोत सुनिश्चित, क्रमागत र बहुवर्षे योजनामा समावेश गराएर वार्षिक योजनामा समावेश हुन थालेको तीन वर्षपछि उक्त पुलको ठेक्का र निर्माण प्रक्रिया अघि बढाएर पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल