alliance khabar

शुक्रबार, आषाढ १३, २०८२

काठमाडौँ, असार १३ गते ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपासका लागि जडान गरिएका उपकरणको मर्मतसम्भारमा लापर्बाही हुँदा कार्गो आयातनिर्यात ठप्प हुने अवस्थामा पुगेको छ ।

विमानस्थलको कार्गो वेयर हाउसमा सामान निकासी जाँचपासका क्रममा प्रयोगमा आउने उपकरण सञ्चालन र मर्मतसम्भार नेपाल पारवहन तथा गोदाम लिमिटेडले गर्दै आएको छ तर हवाई माध्यममार्फत आयातनिर्यात हुने देशकै प्रमुख कार्गो वेयर हाउसमा रहेका एक्सरे (स्क्यानिङ) मेसिन, तौल लिने मेसिन तथा हवाई कम्पनीलाई तौलको प्रिन्ट दिने मेसिन बिग्रिएको लामो समयसम्म मर्मत नहुँदा कार्गो व्यवसायी निकासी बन्द गर्ने अवस्थामा पुगेका हुन् ।

कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेड र नेपाल वायु सेवा निगमले बिग्रिएको मेसिनको मर्मतसम्भार नगर्दा, निगमले विमानस्थलको भूमिस्थ प्रबन्धतर्फ तथा गोदाममा जनशक्ति र उपकरण नथप्दा र भन्सार एजेन्टको लापर्बाहीका कारण कार्गो समान जाँचपासमा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल यहाँबाट दैनिक ५० हजारदेखि एक लाख टनसम्म कार्गो आयातनिर्यात हुँदै आएको छ तर प्रविधिमैत्री हुनुपर्ने निकायका दुई वटा स्क्यानिङ मेसिनमध्ये एक र तौल जाँच्न जडान गरिएका पाँच वटा मेसिनमध्ये दुई वटा बिग्रिएको लामो समय भइसक्दा सम्बन्धित निकायको मर्मतसम्भारमा ध्यान गएको छैन । प्रिन्ट दिने दुईमध्ये एक बिग्रिएको र चालु मेसिनसमेत चल्न छाडेपछि कार्गो निकासीमा विलम्ब थपिएको छ ।”

विगतका वर्षमा पनि यस्ता समस्या भोग्दै र आन्दोलित हुँदै आए पनि अहिले जस्तो समस्या नभएको बताउँदै उहाँले भित्र र बाहिर रहेका तौल मेसिनले समेत फरक तौल देखाउने गरेको जानकारी दिनुभयो । उहाँले सामान जाँचपास गराउन धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन रोक्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।

सामान ओसारपसार तथा ढुवानीका लागि निगमसँग ट्याक्टर, ट्रलीलगायतका पर्याप्त उपकरण नहुँदा यसले सरकारलाई राजस्व सङ्कलनमा असर परिरहेको बताउँदै उहाँले भन्नुभयो, “यो संवेदनशील स्थान हो । यहाँबाट क्लियर भएको सामान जहाजमा जान्छ । जाँचपासमा हुने लापर्बाहीले सुरक्षा संवेदनशीलतामा समेत प्रश्न उठाएकाले भोलि केही तलमाथि भए यसको जिम्मेवारी कसले लिने ?”

नेपाल पारवहन तथा गोदाम लिमिटेडका सूचना अधिकारी तुलसी पोखरेलले कार्गो वेयर हाउसमा जडान गरिएका मेसिन पुराना र जीर्ण अवस्थाका भएकाले बेलाबखत समस्या आउने गरेको भए पनि कार्गो जाँचपासको काम नै रोकिने अवस्था भने नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्क्यानर मेसिनमा देखिएको समस्या समाधान भएर प्रयोगमा आइसकेको छ । अहिले वेयर हाउसबाहिर रहेको तौल लिने मेसिनमा मात्रै समस्या रहेकाले नयाँ उपकरण जडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग भएको सम्भौता अनुसार नयाँ जडानको प्रक्रियासमेत चलिरहेको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल