alliance khabar

शुक्रबार, बैशाख १२, २०८२

चितवन, वैशाख १२ गते ।

चौतर्फी दबाब परेपछि चितवनका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य अगाडि बढाएका छन् । शिक्षकले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि स्थानीय सरकार, अभिभावक र नागरिक समाजको दबाबपछि विद्यालयमा भित्रभित्रै भर्ना कार्यक्रम सञ्चालन गरिएको हो ।

रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटाले आफ्ना माग राख्दै गर्दा विद्यार्थीलको पढ्न पाउने अधिकारबाट वञ्चित गर्न हुँदैन भनेर भर्ना कार्यव्रmमलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा भर्ना कार्यक्रम सञ्चालन भएको छ । केही विद्यालयले भित्रभित्रै भर्ना कार्यक्रम गरेका छन् । केहीले औपचारिक रूपमा नै भर्नालाई खुला गरेका छन् । “आन्दोलन गर्दैगर्दा विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न हुँदैन,” नगरप्रमुख सापकोटाले भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख लक्ष्मण देवकोटाले केही दिनअगाडिदेखि विद्यालयले भर्ना कार्यव्रmम आगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनलाई प्रभाव पर्छ भनेर भर्ना कार्यव्रmमलाई प्रचार नगरी गरेको पाएका छौँ । चौतर्फी दबाब भएपछि भर्ना कार्यव्रmम सुरु भएको छ ।” जिल्लामै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने नारायणी नमुना माध्यमिक विद्यालयले बिहीबारबाट भर्ना कार्यक्रम सुरु गरेको छ । विद्यालयले सूचना प्रकाशित गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी गराए पनि अभिभावकको दबाब थेग्न नसकेर भर्ना कार्यक्रम सुरु गरेको हो । विद्यालयका सूचना अधिकारी खिमानन्द सापकोटाले अभिभावकको ज्यादै ठुलो दबाब आएपछि भर्ना सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो जिम्मेवारी र नैतिकताले पनि रोकिराख्न दिएन । त्यसैले भर्ना सुरु गरेका छौँ । अहिले कक्षा ६ र ७ को प्रवेश परीक्षा लिएका छौँ, अब अर्को दिन अन्य कक्षाको भर्नालाई अगाडि बढाउने छौँ ।”

भरतपुर महानगरपालिकाका अन्य सामुदायिक विद्यालयले पनि भर्ना कार्यक्रम सुरु गरेका छन् । चितवनको खैरहनी नगरपालिकाले भर्र्ना गर्नलाई दबाब नदिए पनि विद्यालय आफैँले कार्यक्रम सुरु गरेको जनाएको छ । नगरपालिका प्रमुख शशीकुमार खनियाले भन्नुभयो, “हामीले भर्ना गर भनेर दबाब दिएका छैनौँ तर अहिले भित्री रूपमा विद्यार्थी भर्ना चलाएका छन् । धेरै दिन आन्दोलन भएपछि निष्कर्षमा पुग्ने नदेखिएर कार्यव्रmम सुरु गरेका हुन सक्छन् ।”

सामुदायिक विद्यालयमा आउने विद्यार्थी संस्थागत विद्यालयतर्फ जान थालेपछि बाध्य भएर भर्ना गर्नु परेको नारायणी नमुना माध्यमिक विद्यालयका सूचना अधिकारी सापकोटाले बताउनुभयो । चितवन जिल्लामा मात्रै सामुदायिक विद्यालय ३३९ वटा रहेका छन् । तीमध्ये कक्षा १ देखि ५ सम्म अध्यापन हुने १६४ वटा रहेका छन् । कक्षा १ देखि ८ सम्म पढाइ हुने ६७, कक्षा १ देखि १० सम्म पढाइ हुने ४५ र कक्षा १ देखि १२ सम्म पढाइ हुने ६३ वटा सामुदायिक विद्यालय रहेका छन् । संस्थागत १६४ र सामुदायिक गरेर ५०३ वटा विद्यालय जिल्लामा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल