alliance khabar

आइतबार, चैत्र ३१, २०८१

तनहुँ, चैत ३१ गते  ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित बासिन्दाले मुआब्जा पाएका छन् । प्रभावित क्षेत्र जलविद्युत् बाँधको किनारको बस्तीका बासिन्दाले मुआब्जा पाएका हुन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् ।

बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णय अनुसार १४ परिवारको जग्गा तथा पाँच व्यक्तिका घर अधिग्रहणका लागि मुआब्जा निर्धारण गरे अनुसार वितरणको काम पूरा भएको गौतमले बताउनुभयो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार सो ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रुपियाँ प्रदान गरिएको छ ।

जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६५२ रुपियाँ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ रुपियाँ वितरण गरिएको प्रशासनले जनाएको छ । ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो ।

मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए ।  मुआब्जा दिलाउनका लागि धेरै समय लागेको र ढिलै पनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल