alliance khabar

आइतबार, चैत्र २४, २०८१

जमुनाह, चैत २४ गते।

हिन्दू धर्मावलम्बीको चैते दशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दैआएको छ। आज डेढसय बढिले जिब्रो छेडेका छन् ।

यो परम्पराअनुसार चैते दशै र बडादशैंको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकीदेवी बागेश्वरीमाताको दर्शन गर्नेको भिड नै लाग्ने गरेको छ । नेपालगञ्ज प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा चैते दशैंं नवरात्रादेखि निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकीदेवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्ने चलन परापूर्वकालदेखि नै चलि आएअनुरुप आफले पनि अनुसरण गर्दैआएको नेपालगञ्ज –१८ कारकाँदौका सुकदेब रैदासको भनाइ छ ।

बाबु बाजेले चलाएको परम्परालाई धान्नको लागि नवरात्राको ब्रत बसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरिने गरिएको उहाँको भनाइ छ ।‘ नवमीको दिनभरी आफ्नो शरीरमा देवी प्रवेश गरेपछि जिब्रो छेडेर माताको पूजा गर्ने गरेका छौ ।’ आफू देविको साधक रहेकाले देबीलाई खुशी पार्न नवमीको दिनमा दर्जनौं पटक जिब्रो छेडेर देवी माताको दर्शन गर्ने गरेको उहाँको दाबी छ । ‘यसरी जिब्रो छेड्दा न कुनौ दुख्ख हुन्छ नत घाउ नै हुने गरेको छ । बडा दशैको नवमी र चैते दशैंको नवमीमा हामीले यसरी नै जिब्रो छेड्ने गरेका छौ ।’

उहाँले आफूले यो शक्ति आफ्ना गुरुबाट हासिल गरेको बताउनुभयो । आफूले पनि आफ्नो विरासत थाम्नको लागि धेरै चेला समेत बनाइ सकेको समेत जानकारी दिनुभयो । मेरो यो भाकल पूराहोस् भनेर भाकल गरेकाहरुको भाकल पूरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडा दशैंको नवमी र चैते दशैंको नवमीको दिनमा जिब्रो छेड्ने परम्परा रहिआएको अनुसार आफूले पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्नेगरेको नेपालगञ्ज कारकाँदोका रामआधार रैदासको भनाइ छ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले चोखोनितो गरी शुद्ध निराहर ब्रत बसेर माता बागेश्वरीलाई खुशी बनाउन आफ्नै रगत चढाउने वा जिब्रो छेडेर देवीको पूजाआजा गर्ने चलन रहेको नेपालगञ्ज –१३ का मलातीप्रसाद बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘धेरै साधना र चोखो नितो गरेर ब्रत बसेकाले मात्र जिब्रो छेडेर देविको दर्शन गर्न सक्छन । जो पायो त्यसले कहाँ सक्छ र यो गर्न । म आफु जान्ने भएदेखि अहिलेसम्म धेरैले जिब्रो छेडेको देखेको छु ।’

नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेर पूजा गर्ने परम्परा रहेको छ । पूजा गरिसकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उहाँहरुको भनाइ छ ।

मन्दिरका मूल पूजारी हिन्दू धर्मगुरु चन्द्रनाथ योगीले बडा दशै र चैते दशैको नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दैआएको मान्यताअनुसार जिब्रो छेड्ने गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल