alliance khabar

शुक्रबार, चैत्र ०१, २०८१

पाल्पा, चैत १ गते ।

 उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो ।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उहाँको भनाइ छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएको थियो ।

अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभएको हो । अहिले सरकारका विरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै  कसैले किस्तिमा राखेर नदिएको बताउनुभयो । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले आउँदा चुनौती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्याे । यो गुट त्यो गुट होइन एकताबद्द बलियो कांग्रेस बनाउन लागौं,’’ उहाँले भन्नुभयो, ‘‘कांग्रेसको मूल चुनौती नै पार्टी व्यवस्थापन हो । पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौं ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल