alliance khabar

मंगलबार, माघ १५, २०८१

कास्की, माघ १५ गते ।

पोखरा–मुग्लिङ सडकखण्ड विस्तारका क्रममा मापदण्डले छुने सडक छेउछाउमा रहेका सटर र टहरा हटाउन थालिएको छ ।

पोखरा अमरसिंह चोक पूर्वपट्टि सञ्चालित व्यापारिक प्रयोजनका सटर तथा टहरा हटाउन सूचना जारी गरिएको छ । अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले व्यावसायिक प्रयोजनका सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ ।

समितिको यही माघ ३ गते बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर र टहरा हटाउने निर्णय गरेको थियो । ती सटर हटाएर त्यहाँ नयाँ व्यापारिक संरचना बनाउने योजनामा विद्यालय छ । निकै कम भाडा उठ्ने, व्यापारिक प्रयोजनका लागि पक्की संरचना निर्माण गरी व्यवस्थित ढङ्गले भाडामा लगाउन नसकेको विद्यालयले हाल सो संरचना हटाउने योजना बनाएको हो ।

अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् । ती सटर तथा टहरामा कास्कीस्थित विभिन्न राजनीतिक दलका नेता तथा नेताको संरक्षणमा विभिन्न व्यक्तिले लामो समयदेखि सस्तो भाडादरमा व्यापार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल