alliance khabar

बुधबार, मंसिर २६, २०८१

काठमाडौँ, मङ्सिर २६ गते : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो ।

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाउनुभयो । यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सुदूरलाई सस्तैमा रोक्न बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिनुभयो । उहाँले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिनुभयो । यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिनुभयो । हर्ष थाकरले एक विकेट झार्नुभयो ।

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । यसअघि चारवटै खेलमा अपराजित जनकपुर आफ्नो अपराजित लयलाई जारी राख्ने अभियानमा छ । यस्तै चार खेलमा तीन जित निकाल्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिम आज अनकपुरलाई रोक्दै अगाडि बढ्ने लक्ष्यमा छ ।

सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मित सिंहलाई अनुबन्ध गरेर बुधबारदेखि नै मैदानमा उतारेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गर्नुभएका  सिंह सोमबार नेपाल आइपुग्नुभएको हो ।

भारतबाट यु-१९ विश्वकप जित्नुभएका सिंहको आगमनसँगै सुदूरपश्चिमले थप बलियो बनेको दाबी गरेको छ । तर सिंह बुधबार एक रन जोड्दै पेभेलियन फर्कनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल