alliance khabar

शुक्रबार, मंसिर २१, २०८१

नेपालगन्ज, मङ्सिर २१ गते : बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त हुनुभएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरेको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले बताउनुभयो ।

उहाँले गत ३६ वर्षदेखि सोही विद्यालयमा अध्यापनरत शिक्षिका शर्मालाई बिदाइ गर्न ठुलो सङ्ख्यामा अभिभावक र विद्यार्थी भेला भएको बताउनुभयो ।

२०४५ साल भदौ १२ गतेदेखि ज्ञानोदयमा अस्थायी शिक्षकका रूपमा सेवा प्रवेश गर्नुभएका शर्माले २०४८ सालमा स्थायी भई २०८१ कात्तिक ३० गते सेवानिवृत्त हुनुभएको हो ।

झण्डै चार दशक शिक्षकका रूपमा निरन्तर सेवारत शर्माको बिदाइमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी परिवारले गरेको यो सम्मानले शिक्षक वर्गकै गरिमा बढाएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताउनुभयो ।

उहाँले समाजमा शिक्षण पेशाप्रति बढ्दै गइरहेको निराशालाई पनि यसले उत्साहमा परिणत गर्न सहयोग पुर्याएको बताउनुभयो ।

उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिले सेवा निवृत्ति शिक्षक शर्मालाई एक लाख बराबरको सुनको तक्मा लगाएर भव्य कार्यक्रमका बिच सम्मानपूर्वक बिदाइ गरेको हो । प्रधानाध्यापक सापकोटाले शर्माको शैक्षिक योगदानको चर्चा गर्दै उहाँ हजारौं विद्यार्थी र अभिभावकको प्रिय रहनुभएको बताउनुभयो ।

विद्यालयले शिक्षक शर्माको संक्षिप्त जीवन उल्लेखित ताम्रपत्रसमेत प्रकाशन गरेको छ । एक लाखको सुनको तक्माबाहेक शिक्षक, कर्मचारीहरूको एकदिनको तलबबाट सङ्कलित ६५ हजार बराबरको सुनको गहनाले पनि शर्मालाई शिक्षक, कर्मचारी परिवारले सम्मान गरेको छ ।

सो अवसरमा शिक्षक शर्माको जीवनी वाचन गर्दै ज्ञानोदयका सहायक प्रधानाध्यापक यमनारायण महतराले भूतपूर्व विद्यार्थीहरूको तर्फबाट मायाको चिनो प्रदान गरिएको बताउनुभयो । खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले सुनको तक्मा लगाउनुका साथै ताम्रपत्र र गहना प्रदान गरेर शर्माको बिदाइ गर्नुभयो । सो कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष मानबहादुर भण्डारीलगायतले उहाँको शैक्षिक योगदानको चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल