alliance khabar

शुक्रबार, मंसिर २१, २०८१

नेपालगन्ज, मंसिर २१ गते : भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति बनाउन सुरु गरेको उपमहानगरले जनाएको छ ।

सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले बताउनुभयो ।

उहाँले हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका –२ बागेश्वरी मन्दिरनजिक रहेको हनुमानगढीमा १०८ फिट अग्लो अनुमानको मूर्ति निर्माण भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्राली वसुन्धरा काठमाडौँलाई दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मा दिएको छ । सो मूर्ति निर्माणका लागि १७ मार्च २०२३ मा सम्झौता भएको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४९४ रुपियाँ २९ पैसामा ठेक्का सम्झौता भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो ।

नेपालगन्जमा धार्मिक पर्यटन प्रवर्धनका लागि हनुमानको मूर्ति बनाउन थालिएको नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले बताउनुभयो । उहाँले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई  एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई ‘टाइअप’ गर्ने उद्देश्यसाथ हनुमानको मूर्ति निर्माण भइरहेको बताउनुभयो ।

यसले नेपालगन्जको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने मेयर विष्टको विश्वास छ । यहाँ रहेको बागेश्वरी मन्दिर र जुँगे महादेवको दर्शन गर्न यसअघि बर्षौबाट ठुलो संख्यामा भारतीय धार्मिक पर्यटक आउने गरेका छन् । उपमहानगरका इन्जिनियर शर्माले अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा मूर्ति कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल