alliance khabar

बिहिबार, मंसिर २०, २०८१

नेपालगन्ज, मङ्सिर २० गते : राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगन्जमा गर्ने तयारी गरिएको छ । नेपालगन्ज साइक्लिङ् क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दैआएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदीप सापकोटाले खेलाडीलाई दर्ता गराउन अनुरोध गर्नुभएको छ ।

प्रतियोगिता आयोजक नेपालगन्ज साइक्लिङ् क्लबले दिएको जानकारीअनुसार, मङ्सिर ३० गतेसम्म नाम दर्ता गरिसक्ने खेलाडीहरू एमटीबी पुरुषतर्फ खुल्ला ३६ किलोमिटर, पुरुष मास्टर्स खुल्ला २५ किलोमिटरका लागि सहभागी हुन सक्नेछन् ।

त्यस्तै, साधारण साइकल पुरुषतर्फ २२ किलोमिटर र साधारण साइकल महिला १६ किलोमिटरतर्फका खेलाडी बाँकेबाट मात्र सहभागी हुने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै, २० वर्ष उमेर समूहका विद्यार्थीका लागि एमटीबी स्कुलस्तरीय १६ किलोमिटर साइकल दौड प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यार्थी मात्र सहभागिता जनाउने व्यवस्था मिलाइएको छ ।

मेयर कपको सातौं संस्करणलाई भव्य बनाउन तयारीका आवश्यक काम अगाडि बढाइएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज साइक्लिङ् क्लबसँगको सहकार्यमा यो प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउँदै अघि बढाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल