alliance khabar

बिहिबार, मंसिर २०, २०८१

नेपालगन्ज, मङ्सिर २० गते : पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयले यो वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोड ५६ लाख ३ हजार रुपियाँ राजश्व असुली गरेको सो कार्यालयका सुचना अधिकारी पूर्ण प्रसाद लम्सालले बताउनुभयो । उहाँले चालु आवको वार्षिक लक्ष्यको २२.३६ प्रतिशत मात्रै पहिलो चौमासिकमा राजश्व सङ्कलन गर्न सकिएको जनाउँदै सो कार्यालयले पहिलो चौमासिकमा निर्धारित लक्ष्य प्राप्त गर्न नसकेको प्रष्ट पार्नुभयो ।

नेपालगन्ज भन्सारको तथ्यांक अनुसार, गत साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत र कात्तिकमा ७६.४४ प्रतिशत मात्रै राजश्व असुली भएको छ । नेपालगन्ज भन्सार कार्यालयले चालु् आर्थिक वर्ष २०८१-८२ का लागि गत आवको तुलनामा १ अर्ब घटाइएर लक्ष्य निर्धारण गरेको थियो । तर सो लक्ष्य पनि पुरा हुने देखिएको छैन ।

गत आर्थिक वर्ष २०८०-०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण गरिएको थियो भने चालु आर्थिक वर्षका लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य निर्धारण गरिएको छ । सो कार्यालयले यसअघिका केही आर्थिक वर्षहरुमा पनि निर्धारण गरिएको लक्ष्य हासिल गर्न नसकेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९-८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड मात्रै राजश्व संकलन गर्न सफल भएको थियो ।

यसैगरि आर्थिक वर्ष २०७८-०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड राजश्व संकलन भएको थियो । विगत १२ वर्षको तथ्यांक हेर्ने हो भने नेपालगन्ज भन्सार कार्यालयले चार आर्थिक बर्षमा लक्ष्य हासिल गर्न नसकेको देखिन्छ ।

आर्थिक वर्ष २०७७-०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजश्व असुली भएपछि त्यसपछिको आर्थिक वर्षहरुमा लक्ष्य ह्वात्तै वृद्धि गरिएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा ७ अर्ब भन्दा बढी बढाएर लक्ष्य २५ अर्ब बढी पुर्याएपछि भन्सारले लक्ष्य हासिल गर्न सकेको थिएन । सो वर्षमा लक्ष्य हासिल गर्न नसकेपनि त्यसपछिको आव २०७९-०८० मा ४ अर्ब बढी थपेर लक्ष्य २९ अर्ब पुर्याइएको थियो ।

लक्ष्यनै निर्धारण गर्दा सही विष्लेशण गरेर निर्धारण नगरिएको हुँदा विगतका केही वर्षहरुदेखि लक्ष्य भन्दा निकै कम राजश्व संकलन भइरहेको नेपालगन्ज भन्सारका कर्मचारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल