alliance khabar

आइतबार, मंसिर १६, २०८१

जाजरकोट, मङ्सिर १६ गते : जाजरकोटमा नौ हजारभन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो २ बजेसम्म नलगाड नगरपालिकामा आठ हजार ६ सय ९६ र कुशे ७ को वडा अध्यक्षका लागि चार सय ७७ मत गरी जम्मा नौ हजार पाँच सय ७३ खसेको जानकारी गराएको छ । यो कुल मतदाता सङ्ख्याको  ५५ प्रतिशत रहेको छ ।

उपनिर्वाचनअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे ७ मा शान्ति पूर्णरुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे ७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले  कुशे गाउँपालिकाको २ वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिनुभयो ।

आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि एक हजार तीन सय दुई र नलगाड नगरपालिकामा १६ हजार चार सय ४९ गरी कुल १७ हजार सात सय ५१ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल