alliance khabar

शनिबार, मंसिर १५, २०८१

अत्तरिया,  मङ्सिर १५ गते : लागू औषध खैरो हेरोइन सहित कैलाली प्रहरीले  छ  जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय प्रबिन्द राना लागु औषध सहित पक्राउ परेका हुन् ।  उनलाई गोदावरी नगरपालिका–५ गेटाबाट १ ग्राम ३१० मिलिग्राम लागु औषध (हेरोइन) सहित प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यस्तै टिकापुर न.पा. ९ खक्रोला स्थित सडक खण्डबाट शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा २० वर्षीय दीपक विश्वकर्मा,  १८ वर्षका अभिषेक विश्वकर्मा ७८० मिलिग्राम , विशाल शाहीलाई ४ ग्राम ६१० मिली ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ  सहित  पक्राउ  गरिएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रहरीको चेक जाँचकै क्रममा  लम्की–चुहा नगरपालिका वडा नं. ०४  स्थित बलियामा ला.औ.(ट्याब्लेट) सहित  वर्ष  २० को खेमराज जैसी र वर्ष २२ को धिरज चौधरीलाई  पक्राउ गरेको हो । उनीहरू बाटोमा हिँडडुल गरिरहेको अवस्थामा खानतलासी गदा दुवै जनाको साथबाट ८० वटा ट्रामाडोल, २० वटा  स्पास मिड र १६ वटा अभिल फेलापारी दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको  र पक्राउ परेका छ  जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल