alliance khabar

शुक्रबार, मंसिर १४, २०८१

भैरहवा, मंसिर १४ गते : प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ ।

बिहान रुपन्देहीको भैरहवा एयरपोर्ट आई लुम्बिनी जाने कार्यक्रम तय भएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो । सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम रहेको उहाँको भनाइ छ।

विश्वविद्यालयको कार्यक्रम बिहान १० बजे देखि नै शुरु भएको आयोजक लुम्बिनी विश्वविद्यालयको पदाधिकारीहरुको भनाइ छ । दीक्षान्त समारोहमा २८९ जना विद्यार्थी दीक्षित हुने आचार्यले बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल, प्रकाशमान सिंह, शिक्षामन्त्री विद्या भट्टराई, मुख्यमन्त्री, ६ जना राजदूतको समेत सहभागीता रहने रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल