Alliancekhabar

बुधबार, मंसिर ०५, २०८१

दमक, मङ्सिर ५ गते : केही बर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको बिकास तिब्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ ।

पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजूली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवगमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको बताइन्छ ।

उहाँ अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम बिकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो ।

बिगत १० बर्षमा यहाँको स्वरुप नै परिवर्तन भएको छ, उहाँले भन्नुभयो । सडकको सहज पहुँच, बिधुत र यहाँ बनेका नयाँ मन्दिर तथा संरचनाहरुले धार्मिक पर्यटकलाई यहाँसम्म सहज रुपमा ल्याउन थालेको उहाँले बताउनुभयो । पूर्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा सताक्षीधामको नाम आउन थालेको उहाँले उल्लेख गर्नुभयो ।

सताक्षीधाम परिसरमा रहेको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजका अनुसार आफूहरुलाई विश्वास गरेर दाताहरुले गरेको विश्वास र सहयोगले सताक्षीधामको महिमा बढेको छ । यहाँ करोडौंका धार्मिक संरचनादेखि लिएर सस्कृत पाठशालासम्म सञ्चालन भएको उहाँले बताउनुभयो ।

१० बर्ष अघिदेखि हामीले गोरक्षका लागि महोत्सव पनि आयोजना गर्दै आएका छौ, उहाँले भन्नुभयो । सताक्षीमाताको मन्दिर विश्वमा एकमात्र यहीं रहेकाले यसको महत्व पनि धेरै रहेको उहाँले बताउनुभयो । सुरुवातका दिनहरुमा यहाँ काम थाल्दा आफूले निकै कष्ट भोगेको स्मरण गर्दै उहाँले अहिले विश्वास आर्जित भएपछि भक्तजनको दानबाट नै यहाँको विकास भइरहेको बताउनुभयो ।

नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्याण्ड, युके, फिनल्यान्डलगायत मुलकमा रहेका भक्तजनले यस क्षेत्रको विकासका लागि योगदान दिएको उहाँले जानकारी दिनुभयो । स्थानीय, संघीय र प्रदेश सरकारको पनि सहयोग रहेको छ, उहाँले भन्नुभयो ।

सताक्षीधाममा आउने धार्मिक पर्यटकको बसोबासका लागि धर्मशाला निर्माण, साधुसन्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर आश्रम बनाउने काम पनि धमाधम भइरहेको छ । नेपालमा पहिलो पटक द्वादश ज्योतिर्लिङ्ग सताक्षीधाममा निर्माण भएपछि यसको धार्मिक महत्व थप बढेर गएको भारद्वाजले बताउनुभयो ।

बालाचतुर्दशी, शिवरात्री, गुरुपूर्णिमा, रामनवमी, गोरक्षा महोत्सवजस्ता पर्वमा सताक्षीधाम क्षेत्रमा धार्मिक मेलामा हजारौको भिड लाग्ने गरेको गौशलाका सचिब मदन मोहन अधिकारीले बताउनुभयो । गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजको पहल र उहाँको प्रयासले सताक्षीधामले नयाँ पहिचान पाएको उहाँको दाबी छ ।

एकजना सन्तको प्रयास र स्थानीयको विश्वासले यो सम्भव भएको हो, उहाँले भन्नुभयो । शिवसताक्षी नगरपालिकाले पनि यसलाई झापाको प्रमुख धार्मिकस्थलको रुपमा बिकास गर्न गुरुयोजना बनाएको छ । नगरपालिकाका प्रमुख रोशन थोप्राका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सताक्षीधामको बिकास र प्रवर्धनका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ