alliance khabar

मंगलबार, मंसिर ०४, २०८१

सर्लाही, मङ्सिर ४ गते ।

सर्लाहीमा केही सातादेखि भाइरल ज्वरो र रुघाखोकीबाट प्रभावित हुनेको सङ्ख्या बढ्न थालेको छ । प्रत्येक जसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो छ । हरेक जसो घरमा भाइरल ज्वरोका बिरामी भेटिने गरेका छन् ।

लालबन्दी नगरपालिका–५, मेजरगन्जका चन्द्रमणि घिमिरेले गाउँका अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार र छठपछि प्रत्येक घरमा ज्वरोका बिरामी छन् र एकपछि अर्कोलाई ज्वरो सरिरहेको छ ।” भाइरल ज्वरोमा शरीर कटकट दुख्ने, असाध्यै कमजोर महसुस हुने र खाना नरुच्ने जस्ता समस्या देखिने घिमिरेले बताउनुभयो ।

कुनै कुनै परिवारमा सबै सदस्य बिरामी परेका छन् । घरमा एक सदस्य बिरामी भएपछि अर्कोमा पनि ज्वरो सरिहाल्ने गरेको नवलपुरस्थित एक क्लिनिकमा भेटिनुभएकी हरिपुर नगरपालिका–१, हजार बिघाकी गृहिणी अम्बिका रुम्बाले बताउनुभयो । यहाँका निजी स्वास्थ्य संस्थामा बिहान र बेलुकाको समयमा ज्वरोको उपचार गर्ने तथा सलाइन पानी चढाउनेको भिड देखिन्छ । कार्यालय समयभित्र खुल्ने सरकारी स्वास्थ्य चौकीमा पनि ज्वरोका बिरामीको चाप बढिरहेकै छ । गर्मी कम भई चिसो बढ्दै जाँदा भाइरल ज्वरो र मौसम परिवर्तनजन्य रोगका बिरामी बढेको सदरमुकाम मलङ्गवा निवासी डाक्टर गुनेश्वर झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समयमा बर्सेनि भाइरल ज्वरोको प्रकोप देखा पर्छ ।” डाक्टर झाले चिकित्सकको सल्लाहबमोजिम केही दिन औषधी सेवन गरेपछि यो आफैँ ठिक हुन्छ, आत्तिनु नपर्ने  पनि बताउनुभयो । उहाँ भाइरल ज्वरोले बिरामीलाई कमजोर पार्ने भएकाले झोलिलो र शरीरलाई शक्ति प्रदान गर्ने खानेकुरा बढी खान सुझाउनुहुन्छ । भाइरल ज्वरो सरुवा हुने भएकाले बिरामीसँग सुरक्षित भएर बस्न उहाँको आग्रह छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ