alliance khabar

मंगलबार, मंसिर ०४, २०८१

सिन्धुपाल्चोक, मङ्सिर ४ गते ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, कुनेगाउँमा गत असोज ११ र १२ गतेको अविरल वर्षाले गाउँका तीन घर बगायो भने १२ घर उच्च जोखिममा पारेका छन् तर सरकारले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा प्रभावितहरू जोखिम स्थलमै बसोबास गर्न बाध्य छन् ।

कुनेगाउँका १२ घर उच्च जोखिममा भए पनि प्रभावितहरू घर छाडेर अन्यत्र गएर बस्न सकेका छैनन् । अन्य स्थानमा सुरक्षित जग्गा नभएका कारण जोखिम स्थलमै बस्नु परेको पहिरो प्रभावित चन्द्रबहादुर बिसुङ्खेले पीडा सुनाउनुभयो । पहिरोले सँगैरहेका तीन घर सर्लक्कै बगायो । सँगैरहेको चन्द्र र विकास रोक्काको घर उस्तै जोखिममा छन् । पहिरो गएको यति लामो समय हुँदासमेत सरकारले त्यस ठाउँमा स्थानान्तरणका केही काम अघि बढाएको छैन ।

त्यसो त चन्द्र र विकासको मात्रै होइन । कुनेगाउँको पहिरो स्थलसँगै रहेका दलित समुदायका ठाडो, भिरालो जग्गामा बनेका १२ घरको माथिल्लो क्षेत्र बग्ने अवस्थामा छ । पहिरोका कारण उक्त घरका आँगन चिरा चिरा परेका छन् । सामान्य वर्षा भएमा मात्रै पनि घर बग्न सक्ने भूगर्भविद्को भनाइ छ । प्रभावित धाँजा फाटेका आँगनछेउका घरमा बसिरहेका छन् । ती घरमा ४० जनाभन्दा बढी सदस्य छन् । प्रभावित विकास रोक्काका अनुसार सुरक्षित स्थानमा गएर बस्न मन छ तर अन्यत्र सुरक्षित जग्गा नहुँदा ज्यान जोखिममा राखेर बस्नु परेको उहाँको भनाइ छ । तीनै तहका सरकार र सरोकारवाला निकायले बेवास्ता गरेको प्रभावितको दुःखेसो छ ।

बिहानी समयमा घरमाथिबाट आएको पहिरोले एकै छप्कामा चित्रबहादुर मिजार, अजय बिसुङ्खे र अज्य बिसुङ्खेको घर बगाएको थियो । ती घरमा बसिरहेका चित्रबहादुर, उहाँकी धर्मपत्नी ठुलीकान्छी मिजार, अविनाश नेपाली, पाँच वर्षीय अविरल नेपालीलाई पहिरोले घरसहित बगाएको थियो । चित्रबहादुर र अविनाशको शव फेला परे पनि बालक र ठुलीकान्छी अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काले बताउनुभयो । बाढीपहिरोमा सिन्धुपाल्चोकमा १० जनाको मृत्यु भएको थियो । जुगलको कुनेगाउँ, लिसङ्खुपाखर गाउँपालिका–३ र सुनकोशी गापा–४ मा पहिरोले घरसहित बगाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ