alliance khabar

मंगलबार, मंसिर ०४, २०८१

रुकुमपश्चिम, मङ्सिर ४ गते ।

रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उहाँका अनुसार चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ