alliance khabar

शनिबार, मंसिर ०१, २०८१

बुटवल, मङ्सिर १ गते ।

रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीय गैँडहवा गाउँपालिका र सैनामैना नगरपालिकाका हजारौँ किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सुविधा पुगेको छ । स्थानीय कृषकले उत्पादन गरेको तरकारी बुटवल पु¥याउन पुल नहुँदा चार/पाँच किलोमिटर घुमेर जानुपर्ने बाध्यता अहिले अन्त्य भएको छ ।

वर्षायाम आउनासाथ स्थानीय जनता पुल नहुँदा सैनामैनाको बजार र बुटवल बजार जानै सक्दैनथे तर अहिले अवस्था फेरिएको छ । पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाको जीवनमा अहिले आमूल परिवर्तन आएको छ ।

स्थानीय हसनापुरका सन्तबहादुर मगरले गैँडहवाको हसनापुर, कुटवा, सूर्यपुरा, किसुली, सुखौली, डेलवा, भाटालगायत क्षेत्रका जनता पुल नहुँदा घुमाउरो बाटो प्रयोग गर्न बाध्य हुनु परेको बताउनुभयो । सैनामैना नगरपालिका र गैँडहवा गाउँपालिकामा बसोबास गर्ने स्थानीयले इन्गुरिया नदीमा पुल नहुँदा वर्षायाममा वर्षौंसम्म दुःख पाएको बताउँछन् ।

पुल नहुँदा पहिला आफ्नै पालिकाको विभिन्न वडा पुग्न गैँडहवाका स्थानीयले निकै सास्ती पाएको गैँडहवा डेलवाका रामतुल्लाह यादवले बताउनुभयो ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले इन्गुरिया नदीमा पुल नहुँदा स्थानीयले निकै सास्ती पाएको बताउँदै अहिले पुल निर्माण भएपछि स्थानीय सयौँ घरपरिवारलाई निकै सुविधा पुगेको बताउनुभयो । उहाँले अब स्थानीयले उत्पादन गरेको तरकारी बुटवल लैजान सुविधा पुगेको र यसले समय र पैसा दुवै बचत भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ