Alliancekhabar

बिहिबार, कार्तिक २९, २०८१

तुलसीपुर, कात्तिक २९ गते : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले बुधबार तुलसीपुरमा आयोजना गरेको सूचनाको हक कार्यान्वयनमा स्थानीय तहको भूमिकाको महत्व विषयक कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट समयमै सूचना उपलब्ध हुन सके समाजमा गलत सूचना प्रवाह नहुने बताउनुभयो ।

प्रमुख आयुक्त महेन्द्रमान गुरुङले राष्ट्रिय सूचना आयोगले सूचना माग गर्दा सूचना उपलब्ध गराउन आलटाल गर्ने ४५ जनालाई आयोगका तर्फबाट कारबाही गरिएको बताउनुभयो । उहाँले आयोगले प्रत्येक सामुदायिक विद्यालय, सहकारी संस्था, वित्तीय संस्थामा समेत अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन गरिएको बताउनुभयो । प्रमुख आयुक्त गुरुङले संविधानबमोजिम समयमै सूचना उपलब्ध हुन नसके आयोगमा उजुरी दिन आग्रह गर्नुभयो । उहाँले पालिकाका तर्फबाट यस क्षेत्रमा रहेका कार्यालय, सङ्घ संस्थामा सूचना अधिकारी व्यवस्था गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका तर्फबाट तीन तीन महिनामा पालिकामा भएका गतिविधि सार्वजनिक गर्दै आएको बताउनुभयो । उहाँले सूचना माग भए पालिकाका तर्फबाट उपलब्ध गराउँदै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ