Alliancekhabar

मंगलबार, कार्तिक २७, २०८१

जनकपुर, कात्तिक २७ गते : मधेश प्रदेशको सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती स्थानमा उम्मेदवार बनाउन नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिको सिफारिस अनुसार उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ ।

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मधेशमा सात वटै वडास्तरको  निर्वाचन क्षेत्रलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति परिचालन गर्ने निर्णय गरेको छ । उपनिर्वाचनमा उम्मेदवारलाई टिकट जिल्लाबाट आएको सिफारिस अनुसार प्रदेशस्तरको संसदीय समितिले निर्णय गर्ने प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो ।

उहाँले नेपाली कांग्रेसको प्रदेश समितिको सोमबारको बैठकले आवश्यकता अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि गरेको बताउनुभयो । गत शनिबार नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी एवं कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयलाई समेत अनुमोदन गरेको जानकारी दिनुभयो ।

आगामी मङ्सिर १६ गते मधेश प्रदेशका सप्तरीमा दुई, धनुषामा एक, महोत्तरीमा एक र रौतहटमा तीन गरी सात वटा स्थानीय तहको वडाध्यक्षका लागि हुने  उपनिर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्तिलाई केन्द्रित हुन आह्वान गरेको छ ।

उपनिर्वाचनलाई परिणाममुखी बनाउन धनुषामा पूर्वमन्त्री रामसरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव, सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटका लागि सहमहामन्त्री जयनारायण यादव, प्रदेश सदस्य सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन प्रदेशस्तरीय दुई दलीय राजनीतिक संयन्त्र बनाउने केन्द्रीय निर्णयानुसार नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र निर्माण गरिएको छ ।

एक सयदिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरणलगायत प्रदेश मातहतका निकाय सुपरीवेक्षण र समन्वयका लागि आठ वटै जिल्लामा खटाएका प्रदेश पदाधिकारी सदस्यको केन्द्रीय प्रतिनिधि र जिल्लामा जानकारी दिँदै जिम्मेवारीलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल