alliance khabar

बिहिबार, कार्तिक २२, २०८१

हेटौँडा, कात्तिक २२ गते।

 मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

करेन्ट लागेर डँडेलधुरा अमरगढी नगरपालिका-२ घर भएका नेपाली सेनाका २९ वर्षीय विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ घर हुनुभएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते हुनुभएको छ। घाइते दुबै जनालाई उपचारको लागि तत्काल हेलिकप्टरद्वारा आर्मी अस्पताल छाउनी काठमाडाँै पठाएकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो।

घटनास्थलमा प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वमा भएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात दियालको शवलाई पोष्टपार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो।

सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल