alliance khabar

मंगलबार, कार्तिक २०, २०८१

दोलखा, कात्तिक २० गते ।

असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ ।  क्षतिको पुनर्निर्माण गर्न अधिक समय लाग्ने भएकाले मर्मत गरी रन अफ दी रिभर मोडलमा यही कात्तिकको तेस्रो सातासम्म आंशिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको केन्द्रका प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही ढुङ्गा तथा फोहोर सफा गरेर विद्युत् केन्द्रमा रहेका दुई वटा बालुवा थिग्य्राउने पोखरीमध्ये आंशिक रूपमा क्षति भएको एउटा पोखरी तथा पानी बग्ने नहरको सामान्य सिभिल मर्मत कार्य सम्पन्न गरी आंशिक विद्युत् उत्पादन गर्न लागिएको हो । आंशिक सञ्चालनमा आएपछि कात्तिकमा तीन सय, मङ्सिरमा १७२, पुसमा १२३, माघमा एक सय, फागुनमा ९२ र चैतमा १०३ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा राखिएको छ ।

केन्द्रको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक अर्ब ८० करोड खर्च लाग्ने केन्द्रका प्रमुख प्रबन्धक रञ्जितले जानकारी दिनुभयो ।

बाढीबाट भएको क्षतिका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई एक अर्ब ७९ करोड छ लाख ९६ हजार ७८५ रुपियाँ बराबरको बिमा दाबी गरिसकिएको छ । पुनर्निर्माणको विस्तृत डिजाइनको काम एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । पुनर्निर्माणका लागि मात्रै नौ महिना लाग्ने अनुमान गरिरएको छ ।

बाढीपहिरोले केन्द्रको बाँधतर्फका अधिकांश संरचनामा क्षति पुगेको छ भने सिभिल तथा हाइड्रोइलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ । बाढीका कारण विद्युत् उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोडभन्दा बढी र कात्तिकमा पनि सञ्चालन हुन नसके २१ करोड रुपियाँभन्दा बढी बराबरको घाटा भएको अनुमान छ । आगामी मङ्सिरदेखि प्लानिङ साइटबाट केही विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँको भनाइ रहेको छ ।

हाल बाढीपहिरोले थुपारेको गिट्टी र गेग्य्रान हटाउने काम अघि बढेको र आंशिक विद्युत् उत्पादन गर्न पहल भइरहेको छ । केन्द्रका प्रमुख प्रबन्धक रञ्जितले प्लानिङ साइटमा रहेका ढुङ्गा र थुपारेको स्प्रे हटाउने काम एसएससिई हाई हिमालयन इन्जिनियरिङ जेभीले गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल