Alliancekhabar

शुक्रबार, कार्तिक १६, २०८१

लेखनाथ, कात्तिक १६ गते : अचेल चाडपर्व सो कि बिदाका दिन पोखरा आसपासका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ । पर्यटकीय मौसम सुरु भएकाले विदेशी पर्यटक पनि ती गाउँमा कोही पदयात्रा गर्दै त कोही ग्रामीण संस्कृति र प्रकृति हेर्न पुग्छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको ल्याङ गाउँ अहिले पर्यटकले भरिभराउ छ ।

त्यहाँको सामुदायिक होमस्टेमा बस्ने र बिहान चियाबारी र हिमाल हेर्ने बाक्लै देखिन्छन् । गाउँको सिरानमा रहेको चियाबारीबाट माछापुच्छ्रेसहितका हिमालहरू नजिकै देखिन्छन् । चियाबारीमा भाग्यमानी पाहुनाले दौडिँदै गरेका मृगहरू पनि देख्न पाउँछन् । बेला बेलामा हिमाल र सुन्दर दृश्य नियाल्न प्याराग्लाइडिङ गर्दै गरेकाहरू पनि चियाबारीमाथि देखिन्छन् ।

यहाँ चैत, वैशाखमा पुगेहरुले गुराँस र हिमालसँगै बसेर तस्बिर खिच्न पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल टेक जानेहरू पनि पुग्छन् । नजिकै रहेको ल्वाङ सामुदायिक होमस्टेमा बेलुकाको खाना, बास र बिहानको खानाको प्रतिव्यक्ति १२ सय पर्छ । ३६ घर घरका होमस्टेमा सात/आठ सय पाहुना राख्न सक्छ ल्वाङले ।

नेपालको पहाडी भागको जलवायु उच्च स्तरको अर्थाेडक्स चियाका लागि उपयुक्त मानिन्छ । यो नेपाल प्रमुख निर्यातजन्य उपज हो । नेपालमा चिनिया र आसामी जातको व्यावसायिक खेती गर्ने गरिएको छ । नेपालको एक हजारदेखि दुई हजार मिटरमा अर्थाेडक्स टी उत्पादन गर्ने गरिएको छ ।

पोखरा महानगरको हेमजा हुँदै खानेपानी, भेडाबारी, खोरामुख हुँदै ल्याङ गाउँ पुग्न सकिन्छ । गुरुङ संस्कृति झल्काउने यहाँका घरले पर्यटकलाई आकर्षित गर्छन् । २०५३ सालमा गाउँको सिरानमा रहेको बारीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा चियाखेती सुरु भएको थियो । यहाँ एक हजार दुई सय रोपनीमा चिया खेती गरिएको छ । यहाँ उत्पादित धेरैजसो चिया युरोप निर्यात गरिन्छ भने केही मात्रामा आन्तरिक बजारमै खपत हुन्छ । चियाबारी पुग्ने पाहुनाहरूले कोसेलीका रूपमा पनि चिया किनेर लैजाने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल