Alliancekhabar

शुक्रबार, कार्तिक १६, २०८१

सिन्धुपाल्चोक, कातिक १६ गते : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।

फि्युचर अफ होप नामक संस्थाको सहयोगमा पत्रकार तथा सामाजिक अभियन्ता निरोज तोलांगेको पहलमा पहिरो पीडितलाई सिरक र ज्याकेट वितरण गरिएको हो । उहाँहरू बस्दैआएको कुनेगाउँमै पुगेर सो संस्थाकी संस्थापक अध्यक्ष अनिला थापा, विपद् व्यवस्थापन निर्देशक कवि थापा, अभियन्ताहरू तोलांगेले सो सामग्री वितरण गरेका हुन् ।

तोलांगेको पहलमा चेन्ज फर होप नेपाल र प्रशंसा सामाजिक सेवा नामक संस्थाबाट केही साताअघि सोही विस्थापित बस्तीका १२ घरधुरीलाई दाल, चामल, तेल, नुन, चिउरालगायतका खाद्यान्न वितरण गरिएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुनेगाउँको ३ घर पहिरोले बगाएको थियो । साथै त्यस घरमा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । सो घरमा रहेका ४५ वर्षीया चित्रबहादुर मिजार, उहाँकी ४५ वर्षीया धर्मपत्नी ठुलीकान्छी मिजार र पाहुना लाग्न आएका जुगल गापा–४ का अविनाश नेपाली र उहाँका ५ वर्षीय छोरालाई घरसहित पहिरोले बेपत्ता बनाएको थियो ।

सुरक्षाकर्मीको खोजतलासपछि चित्रबहादुर र बालकको शव फेला परेको थियो । ठुलीकान्छी र अविनाश अझै उक्त पहिरोमा बेपत्ता छन् । पहिरोमा परेर १२ घरधुरी दलित समुदाय विस्थापित अवस्थामा छन् । पहिरोले १२ घरको जग, जमिन, जग्गा, आँगनसम्म चिरा परेका अवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल