Alliancekhabar

मंगलबार, कार्तिक १३, २०८१

सप्तरी, कात्तिक १३ गते : हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ  ।

नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् ।

तीन महिनादेखि तलबभत्ता नपाएको भन्दै आइतबारदेखि शिक्षकले आन्दोलनका कार्यक्रम गरेका हुन् । आज दोस्रो दिन विद्यालय बन्द गरी धर्नामा बस्दा करिब सात हजार आठ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् । नगरपालिकामा कार्यरत दुई सय २२ शिक्षक अहिले आन्दोलित भएका नगर कार्यालयले जनाएको छ । उक्त आन्दोलनका कारण नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

गठित सङ्घर्ष समितिका संयोजक अशोक कुमार यादवले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलबभत्ता नपाउँदा समस्या भइरहेको छ । दसैँ जसोतसो ऋण लिएर काट्यौँ, तिहारमा पनि तलब नपाए घरखर्च जुटाउन नै सास्ती हुनेछ ।”

यसअघि सङ्घर्ष समितिले कात्तिक ६ गते नगरप्रमुख विरेन्द्र माझीलाई तीन दिनको समयसीमा दिँदै शिक्षकले पाउनुपर्ने तलबभत्ता यथाशीघ्र निकासा गर्नेबारे ज्ञापनपत्र बुझाएको थियो ।

नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमा नगरसभा सम्पन्न हुन नसकेकाले समस्या भइरहेको बताउनुभयो । उहाँले यथाशीघ्र समस्या समाधान गर्न आफू प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

नगरसभा बैठन बस्न नसक्दा चालु आवदेखि शिक्षक, स्वास्थ्यकर्मीलगायतले तलब पाउन सकेका छैनन् भने वृद्धवृद्धाले समाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल