Alliancekhabar

सोमबार, कार्तिक १२, २०८१

दोलखा, कात्तिक १२ गते : गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगर स्थितको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको संरचना पुनर्निर्माणका लागि करिब दुई अर्ब लाग्ने भएको छ ।

केन्द्रको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक अर्ब ८० करोड करोड खर्च लाग्ने केन्द्रका प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीबाट भएको क्षतिका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई एक अर्ब ७९ करोड छ लाख ९६ हजार ७८५ रुपियाँ बराबरको बिमा दाबी गरिसकिएको छ । पुनर्निर्माणको विस्तृत डिजाइनको काम एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । पुनर्निर्माणका लागि मात्रै नौ महिना लाग्ने अनुमान गरिएको छ ।

बाढी पहिरोले केन्द्रको बाँधतर्फका अधिकांश संरचनामा क्षति पुगेको छ भने सिभिल तथा हाइड्रो इलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ । बाढीका कारण विद्युत् उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोडभन्दा बढी र कात्तिक महिनामा पनि सञ्चालन हुन नसके २१ करोडभन्दा बढी बराबरको घाटा भएको अनुमान छ । आगामी मङ्सिरदेखि प्लानिङ साइटबाट केही विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँको भनाइ रहेको छ ।

हाल बाढी पहिरोले थुपारेको गिट्टी र गेगरान हटाउने काम अघि बढेको र आंशिक विद्युत् उत्पादन गर्न पहल भइरहेको छ । केन्द्रका प्रमुख प्रबन्धक रञ्जितले प्लानिङ साइटमा रहेका ढुङ्गा र थुपारेको स्प्रे हटाउने काम एसएस सिई हाइ हिमालयन इन्जिनियरिङ जेभिले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल