Alliancekhabar

आइतबार, कार्तिक ११, २०८१

वालिङ, कात्तिक ११ गते : स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिरमा बडादसैंको अवधिमा १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको छ ।

वालिङ नगरपालिका –८ र गल्याङ नगरपालिका –१० को संगमस्थलमा अवस्थित ‘गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्र’ मा रहेको कालिका मन्दिरमा भेटीस्वरूप उक्त रकम संकलन भएको हो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी संकलन गरिएको हो ।

बडादसैंको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई दक्षिणा, कामदार पारिश्रमिक, पूजा भोग वस्तु खरिद, अन्य दानदक्षिणा, खाना खर्च, इन्धन तथा मसलन्द लगायतमा गरी चार लाख ६३ हजार ६७० रुपियाँ खर्च भएको छ । खर्च कटाउँदा १२ लाख ८४ हजार ६९९ रुपियाँ बचत भएको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

तत्कालीन बाइसे–चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको मानिन्छ । विशेषगरी बडादसैं र चैते दसैंमा यहाँ हजारौंको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औंशी, सोह्र श्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ ।

स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, कास्कीलगायत स्थानबाट मन्दिरमा बर्सेनी हजारौं भक्तजन पूजाआजाका लागि मन्दिर आउने गर्छन् । मन्दिरमा नयाँ भौतिक संरचना निर्माण भएपछि भक्तजनको सङ्ख्या बढेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको वालिङ बजारबाट मन्दिरसम्म पुग्ने सडकलाई सहज बनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल