Alliancekhabar

शनिबार, कार्तिक १०, २०८१

प्युठान, कात्तिक १० गते :  जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो ।

“अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” मूल नारासाथ कात्तिक ९ गते देखि १५ गतेसम्म सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नेगरी अभियान सञ्चालन गरेको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन र रेबिज रोगको नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । सामुदायिक तथा घरपालुवा कुकुरका कारण समस्या बढेपछि जिल्लामा बन्ध्याकरण गर्न थालिएको श्रेष्ठको भनाइ छ ।

कार्यालयमा विभिन्न ठाउँबाट ल्याइएका कुकुरको बन्ध्याकरण गरिरहेको कार्यालयका पशु विकास अधिकृत डाक्टर गणेश पुनले जानकारी दिनुभयो । जिल्लाका विभिन्न ठाउँबाट सामुदायिक तथा घरपालुवा कुकुर ल्याएर कार्यालयमै बन्ध्याकरण गर्ने उहाँले बताउनुभयो । बन्ध्याकरण, उपचारसँगै कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइने डा. पुनले बताउनुभयो ।

कार्यालयले यसअघि जेठ २० र २१ गते पशु सेवा शाखा बिजुवारमा प्युठान नगरपालिकाको समन्वय र पायोनिएर एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेर ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको थियो । जसले जिल्लामा सामुदायिक कुकुरको व्यवस्थापनमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल