alliance khabar

बिहिबार, कार्तिक ०८, २०८१

धनगढी, कात्तिक ८ गते ।

धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ । पानीको प्राकृतिक बहाव नै रोक्ने गरी विभिन्न ठाउँमा व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएपछि धनगढी उपमहानगरपालिकाले सो हटाउने तयारी गरेको हो । वडा नम्बर १ देखि ८ र वडा नम्बर १३ का खोलानालामा बढी अतिक्रमण भएको छ । ती सबै वडामा प्राकृतिक खोलामा निर्माण गरिएका सबै संरचनाहरू कात्तिक मसान्तभित्र हटाउन धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना निकालेर सम्बन्धितलाई आग्रह गरेको छ ।

तोकिएको समयावधिभित्र संरचनाहरू सम्बन्धितले आफैँ नहटाए धनगढी उपमहानगरपालिकाले कानुनबमोजिम हटाउने नगरप्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्नुभयो ।

खोलानालामा भएको अतिक्रमण हटाएर सार्वजनिक जग्गामा पानीको बहावलाई यथावत् राख्ने जनाइएको छ । यसै गरी आवश्यकतानुसार हरियाली विकासका साथै फुटपाथ निर्माण गर्नका लागि खोलानालाको अधिकार क्षेत्र, सेटब्याक रेखाङ्कन र सिमाङ्कन गर्ने जनाइएको छ । यसअघि पनि धनगढीको सुकटी, कैलाली नालामा भएको अतिक्रमण हटाउने र खोलानाला क्षेत्रको अधिकार क्षेत्र रेखाङ्कन गर्ने प्रयास भएको थियो तर सो कार्य अहिलेसम्म सफल हुन सकेको छैन । खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना बनाइएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल