Alliancekhabar

सोमबार, कार्तिक ०५, २०८१

तनहुँ, कात्तिक ५ गते :

दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ  मनाउन बिदामा गाउँ आएका आआफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको व्यास नगरपालिका–८ का वडा सदस्य रामप्रसाद मिश्रले बताउनुभयो ।

मिश्रले भन्नुभयो, “दसैँ मनाउन थातथलोमा फर्किएर आएपछि दसैँभर गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तसँग भेटघाट, रमाइलोले दिन बितेको पत्तै भएन । दसैँ सकिएसँगै अधिकांश आआफ्नो कार्यक्षेत्रमा फर्किन थालेसँगै सुनसान भएको छ ।”

चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन् । उनीहरू फर्किन थालेसँगै गाउँ सुनसान हुन पुगेको व्यास नगरपालिका–६, साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले जानकारी दिनुभयो । पहिला तीन सय घर रहेको गाउँमा हाल ६५ घर मात्रै रहेको त्यहाँ रहेका अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल