Alliancekhabar

शुक्रबार, कार्तिक ०२, २०८१

रामेछाप, कात्तिक २ गते : आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटक अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् ।

तर आज झन् रामेछापको मन्थली विमानस्थलकै मौसम खराब भएपछि लुक्ला उडान हुने आशामा रहेका पर्यटकहरू थप निराश भएका छन् । आज बिहानदेखि बिग्रिएको रामेछापको मौसम अहिले सुधाराेन्मुख रहे पनि खुम्बु क्षेत्रमा मौसम खराब नै रहेको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रबन्धक हिरण साहले बताउनुभयो । उहाँले भन्नुभयो “सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा विगत पाँच दिनदेखि मन्थली–लुक्ला उडान हुन सकेको छैन । आज बिहानैदेखि रामेछापको मौसम पनि बिग्रिएको छ । अहिले रामेछापको मौसम सुधारोन्मुख रहे पनि खुम्बु क्षेत्रको मौसम खराब नै छ ।”

गत सोमबारदेखि मौसम खराबीले मन्थली–लुक्ला उडान हुन नसक्दा एक हजारभन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका थिए । मन्थलीमा रोकिएकामध्ये हिजो बिहीबार १३५ जना पर्यटक हेलिकोप्टरमार्फत सोलुखुम्बुको फाप्लु र सुर्के पुर्‍याइएको थियो ।  रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार बिहीबार विभिन्न पाँच वटाभन्दा बढी कम्पनीका हेलिकोप्टरले २७ वटा उडान गरी १३५ जना पर्यटकलाई सोलुखुम्बुको फाप्लु र सुर्के पुर्‍याएका हुन् ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल