Alliancekhabar

बिहिबार, कार्तिक ०१, २०८१

गुल्मी, कात्तिक १ गते : गुल्मीका दुई स्थानीय तहले आज (बिहीबार) सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दुई गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन् ।

यस जिल्लाको पश्चिम ग्रामीण भेगको मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकाले आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का अवसरमा कार्यपालिकाको बैठकबाट आफू मातहतका कार्यालयमा सार्वजनिक बिदा दिएका हुन् । कोजाग्रत पूर्णिमाको अवसरमा सराँय नाचलगायतका विभिन्न सांस्कृतिक कार्यक्रम हुने हुँदा सार्वजनिक बिदा दिएको बताइएको छ ।

मालिका गाउँपालिकाको दलिङ्ग र अर्जैमा कोजाग्रत पूर्णिमाको अवसरमा सराँय नाचसँगै विशेष मेला लाग्ने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताउनुभयो । मेलालाई सभ्य र भव्य रूपमा सफल बनाउन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिएको भन्दै उहाँले शान्ति विशेष सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो ।

त्यस्तै, धुर्कोट गाउँपालिकाको धुर्कोट कोटमा वृहत मेला तथा ऐतिहासिक सराँय नाच र नयाँगाउँमा कोजाग्रत पूर्णिमा विशेष मेला लाग्नुका साथै सराँय नाच हुने गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो । यहाँको सराँय नाचसँगै संस्कृति संरक्षणका लागि आफूहरू निरन्तर लागेको भन्दै उहाँले लोप हुन लागेका संस्कृति तथा परम्पराको संरक्षणमा गाउँपालिका लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल