Alliancekhabar

आइतबार, आश्विन २७, २०८१

धनगढी, असोज २७ गते : दसैं टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् ।

सवारी दुर्घटनामा एक जनाको ज्यान गएको र कैयौं व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका –७ कलुवापुर बस्ने वर्ष ३५ का गोविन्द झुकालले चलाएको सुपप्र ०१००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

धनगढी उपमहानगरपालिका –१३ स्थित एयरपोर्ट जाने चोकनजिक मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सोही स्थानका अन्दाजी ६४ वर्षीय अकबर ठगुन्नाको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही मोटरसाइकलमा पछाडि बसेका तीन जना घाइते भएका छन् । पछाडि सवार वर्ष १२ की जेनिसा झुकाल, धनगढी बस्ने वर्ष ३२ की बसन्ती विष्ट र उहाँकी दुई वर्षीया छोरी शिवानी विष्टलाई चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोहराले बताउनुभयो । तीनै जनाको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालककलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, २५ वर्षीय सुमन चौधरीले चलाएको से ५ प ९७५८ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिका –१ स्थित मनेहरा पुलनजिक अनियन्त्रित भइ पल्टिँदा चालक घाइते हुनु भएको छ । घाइतेको टाउको, छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका –७ का २५ वर्षीय शिवलाल रानाले चलाएको सुपप्र ०१००९ प ९४७४ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिँदा पछाडि सवार ३० वर्षीय जीवन राना घाइते हुनु भएको छ । उहाँको अनुहारमा चोट लागेको जनाइएको छ ।

यसैगरी, धनगढीतर्फ फूलबारीतर्फ गइरहेको सुपप्र ०००८ प ९७३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको सुपप्र ०१००१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन् । मोटरसाइकल चालक २३ वर्षीय विक्रम दहित, पछाडि सवार १७ वर्षीय विशेष चौधरी र अटो चालक ४० वर्षीय बहादुर महतारा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तीनै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल