alliance khabar

शुक्रबार, आश्विन २५, २०८१

काठमाडौँ, असोज २५ गते 

दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । उपत्यकामा दसैँलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो ।

पशुुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ । विभागका क्वारेन्टिन महाशाखा प्रमुुख डा. राजेश यादवले उपत्यकामा नौ स्थानमा पशुुचौपाया र एक स्थानमा माछाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो । बिहीबार परीक्षण भएकोमा छ वटामा स्वास्थ्य समस्या देखिएको बताउँदै उहाँले घटस्थापनादेखि दसैँको छैटौँ दिन मङ्गलबारसम्म उपत्यकाका १० वटा बिक्री केन्द्रमा २५ हजार खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन् ।

विभागका अनुुसार गत वर्ष दसैँका बेला ३८ हजार खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा गरेर ३८ हजारभन्दा बढी बिक्री भएका थिए । यो वर्ष पनि त्यही हाराहारीमा बिक्री हुुने अनुुमान विभागले गरेको छ । विभागका अनुसार उपत्यकामा दसैँमा मासुुका लागि खसीबोका, च्याङ्ग्रा, भेडा, राँगालगायतका चौपाया एकै पटक धेरै भित्र्याइने भएकाले बिरामी हुुन सक्ने र जसको उपभोगले मानव स्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभागले उपत्यकाका १० स्थानमा क्वारेन्टाइन परीक्षण गर्दै आएको छ । उपत्यकामा खसीबोका तथा पशुुचौपाया बिक्रीका लागि लोकन्थली, कङ्लकी,, टुुकुुचा, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, चापागाउँ, टोखा, सल्लाघारी, चन्द्रागिरि, बालाजुुमा खसीबोका, च्याङ्ग्रा, भेडा बिक्री केन्द्र तोकिएका छन् भने चौभारमा राँगा बिक्री केन्द्र तोकिएको छ ।

यस्तै कालीमाटी फलफूल तथा तरकारी बजारलाई माछा बिक्री केन्द्र तोकेर माछाविज्ञबाट खान योग्य भए वा नभएको परीक्षण भएको  विभागले जनाएको छ ।

भक्तपुरको लोकन्थलीको पशुुचौपाया बिक्री स्थलमा खसीबोका, च्याङ्ग्रा, भेडालगायतको स्वास्थ्य परीक्षणका लागि खटिनुुभएका पशुु विकास अधिकृत सीताराम ओलीले यस केन्द्रमा आएका खसीबोका, च्याङ्ग्रामा कुुनै स्वास्थ्य समस्या नदेखिएको बताउनुुभयो । यस केन्द्रमा हालसम्म चार हजारभन्दा बढी खसीबोका र च्याङ्ग्राको परीक्षण भएको बिहीबारसम्म कुुनै स्वास्थ्य समस्या नदेखिएको उहाँले जानकारी दिनुुभयो ।

कम्पनीले आइतबारदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गरिरहेको छ । कम्पनीले जिउँदो खसीबोकाको मूल्य ६७० रुपियाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको एक हजार २३० रुपियाँ तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । व्यवसायीले खसीबोका जिउँदोको ६५० देखि ६९० रुपियाँ केजीमा  बिक्री गर्न सुरु गरेका छन् । च्याङ्ग्राको एक हजार दुई सयदेखि एक हजार २५० रुपियाँसम्ममा बिक्री गरिरहेका छन् । दसैँलाई लक्षित गरेर देशका विभिन्न जिल्लाबाट उपत्यकामा खसीबोका ल्याउने क्रम नवमीसम्म जारी रहने जनाइएको छ । उपत्यकामा दाङ, सल्यान, सुर्खेत, सिन्धुली, मकवानपुर, उदयपुर, रुकुम रोल्पा, ओखलढुङ्गा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरियालगायतका जिल्लाबाट ल्याएका छन् । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ ।

दसैँमा घरमै मार हानेर र मठमन्दिरमा बलि दिन बोका, राँगा, कुुखुरा, हाँस र च्याङ्ग्राको मासु खाने चलन अत्यधिक हुँदा यो बेला यस्ता मासुका खाइने पशुको कारोबार पनि करोडौँ रुपियाँ बराबरको हुुने गरेको छ । दसैँका बेला राजधानीमा मात्र नभएर मुलुकका प्रमुख सहरसहित सबै क्षेत्रमा खसीबोकाको माग उच्च हुन्छ । दसैँमा सबैको बिदा हुने र खानपिन, रमाइलो गर्ने भएकाले निकै धेरै मासु खपत हुुन्छ ।

खसीबोका बिक्री नहुँदा किसान निराश 

यसैबीच, सर्लाही समाचारदाताका अनुसार दसैँमा खसीबोका बिक्री नहुँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । दसैँ खर्च जोहो गर्न भनी वर्ष दिनसम्म पालिएको खसीबोका भाउ नपाएर बिक्रि गर्न नपाएको किसानको गुनासो छ । खसीबोका बिक्री नभएपछि किसानले घर फर्काएका छन् । लालबन्दी नगरपालिका–१३, पत्थरकोटका तिलकमान थिङले लालबन्दी बजारमा बेच्न ल्याएको दुई वटा खसी बिक्री नभए पछि घर फर्काएर लगेको बताउनुभयो । १० धार्नीको खसीलाई व्यापारीले १८/२० हजार रुपियाँभन्दा धेरै नदिएको थिङको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल