alliance khabar

बुधबार, आश्विन २३, २०८१

बाजुरा, असोज २३ गते ।

बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् । जिल्लाको इकडीगाड, बार्जुगाड, गुइगाड, तिपाडा र कोद्रीगाडलगायतका खोलामा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय कहीँकतैबाट मर्मतसम्भार नभएपछि अहिले जीर्ण बन्दै गएका हुन् ।

विसं २०६० भन्दा पहिला यहाँका स्थानीयका लागि खोला वारपार गर्न सहज हुने गरेर निर्माण गरिएका पुल पछिल्लो समय जीर्ण बन्दै गएको बुढीगङ्गा नगरपालिका–३, बसालीकोट आविका शिक्षक नन्दु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बुढीगङ्गा नगरपालिका–३ र ५ को बिचमा रहेको गुइगाडखोलाको झोलुङ्गे पुल पनि निकै जीर्ण बनेको छ ।” २०६० सालभन्दा पहिला खोला तर्न सहज हुने गरेर बनाएको यो अहिले अहिलेसम्म कतैबाट मर्मत नभएको शिक्षक अधिकारीले बताउनुभयो । गुइगाडखोलामा रहेको झोलुङ्गे पुल यहाँका स्थानीयलाई पैदलयात्रा गर्दा निकै सहज छ तर त्यो पुल भत्किन थालेको धेरै भयो । त्यसलाई मर्मत गर्न निकै आवश्यक रहेको छ ।

यसका लागि आफूले पटक पटक नगर सभामा बोल्ने गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको बुढीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष खडक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि मैले पटक पटक पालिकाको बैठकमा समेत कुरा राख्ने गरेको छु तर पनि त्यहाँबाट कुनै सुनुवाइ भएको छैन ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल