alliance khabar

शनिबार, भाद्र ०८, २०८१

सर्लाही, भदौ ८ गते ।

सर्लाहीको ब्रह्मपुरीमा शनिबार बिहान पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहका छोरा ६ वर्षीय अङ्कित साहको पोखरीको पानीमा डुबेर मृत्यु भएको हो ।

नुहाउन भनी घरबाट निस्किएका बालकको बिहान ९ बजेतिर घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल