alliance khabar

बुधबार, भाद्र ०५, २०८१

सन्धिखर्क, भदौ ५ गते ।

अर्घाखाँचीमा ६५ हजार जग्गाधनीलाई पुनः लालपुर्जा वितरण भएको छ । २०६१ फागुन २० गते तत्कालीन नेकपा माओवादीले सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा नापी र मालपोत कार्यालयका सम्पूर्ण लालपुर्जा, नक्सालगायतका कागजात जलेर नष्ट भएपछि जग्गाको पुनः नापजाँच गरी लालुपर्जा वितरण गरिएको हो ।

२०६८ सालमा विशेष नापी कार्यालय स्थापना गरी जिल्लाका जग्गा नाप जाँच सुरु गरिएको थियो । हालसम्म जिल्लाभर ६५ हजार थान लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४७ वटा वडाको नक्सा र फिल्डबुक नापी कार्यालयमा स्रेस्तालगायतका अन्य कागजात मालपोत कार्यालयमा हस्तान्तरण गरिएको छ । १४ वटा वडामा भने लालपुर्जा वितरण भएको तर स्रेस्ता हस्तान्तरण गर्न बाँकी छ ।

अर्घाखाँचीका ६१ वटै वडामा रहेका जग्गाका नापनक्सा तथा जग्गा दर्ता सम्पन्न भएको छ । जिल्लाका तीन नगरपालिकामध्ये शीतगङ्गा नगरपालिका–१, २, ३ र १२, भूमिकास्थान नगरपालिका–१, २ र ३, सन्धिखर्क नगरपालिका–७ र ८ मा स्रेस्ता हस्तान्तरण भइरहेको छ । त्यस्तै तीन गाउँपालिकामध्ये मालारानी–५, ८ र ९, छत्रदेव–७ र पाणिनी गाउँपालिका–१ मा स्रेस्ता हस्तान्तरणको काम भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । कतिपयका साबिक नक्सा प्राप्त हुन नसकेको तथा व्यक्तिका घरमा आगलागी जस्ता प्रकोपमा परेकाको प्रमाण नष्ट भएकाले जग्गा दर्ता कार्यमा कठिनाइ भएको उहाँले बताउनुभयो । लालपुर्जा प्रदान गरे पनि स्रेस्ता मालपोत र नापीमा जानका लागि १२० दिन कुर्नु पर्छ । किनकि ६० दिनभित्र कसैको उजुरी आएमा कार्यालयले ६० दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल